राजविराज, ३ कात्तिक । राजबिराजमा सञ्चालित मधेश प्रिमियर लिग (एमपिएल) दोस्रो संस्करण अन्तर्गत बुधवार भएको खेलमा बिरगञ्ज र जलेश्वर क्रिकेट क्लव बिजयी भएको छ ।
पहिलो खेलमा नयाँ टोल बिरगञ्जले जनकपुरलाई ६बिकेटले पराजित गरेको छ भने दोस्रो चरणको खेलमा जलेश्वर क्रिकेट टिमले धुनषालाई २ रनले पराजित गर्दे बिजय हात पारेका हो । राजविराजस्थित रंगशालामा संचालित पहिलो खेलमा टस जितेर पहिले व्याटिङ्ग गर्दै जनकपुर क्रिकेट कल्वले २० ओभर खेल्दै ६ बिकेट गुमाई १ सय ३६ रनको योगफल तयार पारेको थियो । जसमा टिमका लागी हरिशंकर साह ३८, राज मोहम्मद ३५ र अनसारुल राईनले २७ रनको योगदान गरेका थिए । बलिङ्गतर्फ बिरगंज नयाँ टोलका रामनरेश गिरी ३ बिकेट तथा ईरसाद अहमद र पवन शराफले १÷१ विकेट हात पारेका थिए ।
जवाफमा १ सय ३७ रनको लक्ष्य लिई मैदानमा ओर्लेका बिरगंजले १८.४ ओभर खेल्दै आफनो ४ विकेट गुमाई बिजय हासिल गरेका थिए । जसमा टिमका लागी अमित श्रेष्ठ ४७ रन, हासिम अनसारी ४३, र सुरज कुर्मीले १५ रनको योगदान गरेका थिए । बलिङ्गतर्फ ध्यानी मलिक २ तथा हरिशंकर साह र शोभाकान्त पान्डेले १÷१ बिकेट लिएपनि टिमलाई जिताउन प्रयाप्त हुन सकेन । खेलको म्यान अफ द म्याच बिरंगजका अमित श्रेष्ठ घोषित भए ।
यसैगरी आजै दोस्रो चरणको रोमान्चक खेलमा जलेश्वरले धुनषालाई २ रनले पराजित गरेको छ । टस जितेर जलेश्वरले ब्याटिंग गर्दे १७.५ ओभरमा सबै विकेट गुमाई १०९ रनको योगफल खडा गरेका थिए । जसमा टिमका लागी राहुलप्रताप सिँह ३२ रन, रितेश सिँह २५ र ईसान पाण्डेले १३ रनको योगदान गरेका थिए । बलिँग तर्फ धुनषाका नविन सिँह तथा राजु महतोले समान ३÷३ विकेट र संजय मण्डलले २ बिकेट बाँडे ।
जवाफमा ११० रनको लक्ष्य लिई मैदानमा औरलेका धनुषा ११ ले २० ओभरमा ९ बिकेट गुमाई १०७ रनमै सिमित रहेका थिए । जसमा टिमको लागी प्रशान्त अरबिन्द २९ रन,राजु मण्डल १७ र संजय मण्डलले ११ रन बनाए पनि टिमलाई जिताउन असफल रहे ।
बलिङ्गतर्फ जलेश्वरका गोपाल सिंह तथा ईशान्त पाण्डे २÷२ बिकेट हात पारेका थिए । खेलको म्यान अफ दि म्याच जलेश्वर टिमका रितेश सिंह घोषित भएका थिए । दुवै खेलका म्यान अफ दि म्याचलाई सदभावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरीले पुरस्कार बितरण गरेका थिए । विहीवारको खेल युथ कल्व राजबिराज र गुराँस क्रिकेट कल्व बिराटनगर बिचको खेल १२ बजे हुने आयोजक एमपिल वोडले जनाएको छ ।