राजविराज, २९ असोज । सिस्ट देव राइडर्स राजविराजमा आयोजना गरिएको प्रथम देव मैत्रीपूर्ण क्रिकेट लिगको उपाधि जित्न सफल भएको छ ।
टिमले जितसँगै नगद तीन हजार रुपैयाँ र प्रमाण पत्र पाएको छ । स्थानीय राजरंगशालामा शनिवार भएको फाइनल खेलमा सिस्ट टिमले बिषहिरया बि टिमलाई ६ रनको झिनो अन्तरले पराजित गर्दै उपाधि जितेका छन् ।
बिषहरिया बि ले टस जितेर फिल्डिङ्ग रोजेपछि व्याटिङ्ग गर्न आएको सिस्ट टिम निर्धारित १५ ओभरको खेलमा दुई विकेट मात्र गुमाएर १ सय २३ रन बनायो । उसका लागि आशिक देव ४२, सौरभ चौधरी ३७, अमन देव १४ र केशव देवले १२ रन बनाए । बिषहरिया टिमको तर्फबाट दुबै विकेट सुशान्त देवले लिए ।
१ सय १४ रनको विजयी लक्ष्य लिएर व्याटिङ्ग गर्न आएको बिषहरिया बि ले राम्रो प्रदर्शन गरेपनि अन्तिम क्षणमा आएर हार व्यहोर्नुप¥यो । निर्धारित १५ ओभरमा ४ विकेट गुमाएको बिषहरिया बि १ सय १७ रन मात्र बनाउन सक्यो । उसका लागि बिनय देवले राम्रो व्याटिङ्ग गर्दै ५७ रन बनाए । यस्तै आशिष पंकजले ३० रनको योगदान दिए ।
बलिङ्गतर्फ सिस्टका राजा देव २ तथा अमन देव र राजेश देवले २÷२ विकेट लिए । प्रतियोगिता समापनपछि आयोजित कार्यक्रमकाबीच विजेता, उप विजेता टिमलाई नगद पुरस्कारका साथै प्रमाण पत्र बितरण गरिएको थियो । प्रतियोगिता आयोजना गर्ने देव सेवा समितिका अध्यक्ष ध्रुब देव, देव समुदायका अग्रज लक्ष्मीनारायण देवसहितकाले प्रमाण पत्र र पुरस्कार बितरण गरे ।
प्रतियोगितामा अमन देव म्यान अफ द सिरिज घोषित भए । उक्त अवसरमा प्रतियोगितामा कमिन्टेटरको काम गरेका सञ्जय केसीलाई पनि प्रमाण पत्र बितरण गरिएको थियो ।