विराटनगर, १३ साउन । सुनसरी, मोरङ्ग र सिरहामा पानीमा डुबेर एक बालिकासहित तीन जनाको ज्यान गएको छ ।
सुनसरीको सोनापुर–२ बस्ने पिन्टु शर्माकी दुई बर्षिया छोरी बिकी शर्माको बुधबार नहरमा डुबरे मृत्यु भएको छ । घर नजिकै रहेको नहरमा खेल्ने क्रमामा डुबेर गम्भिर घाइते भएकी बिकीलाई स्थानीयले बुधबार साँझ ६ बजे पानीमा डुबेको देखेपछी तत्कालै सामुदायिक अस्पताल दुहवीमा लगेका थिए।
पानीमा डुबेर गम्भिर घाइते भएकी बालिकाको सोही अस्पतालामा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको हो। घटनास्थलमा इलाका प्रहरी कार्यालय दुहवीबाट प्रहरी टोलीले शव पोष्टमार्टमकालागि कोशी अञ्चल अस्पताल विराटनगर पठाएको छ ।
मोरङको अमरदह–८ बस्ने ५८ बर्षिय सैन बहादुर पौडेल बुधबार मृत अवस्थामा भेटिएका छन्। स्थानीय ढोकरीया बजार पुर्व पट्टी रहेको कल्बट मुनिको पानीमा स्थानीयले पौडेललाई मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा प्रहरी चौकी अमरदह र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरीको टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरेको छ।
यसैगरी सिरहाको लहान–४ का ६७ बर्षिया मिश्रीलाल साह बुधबार सखुवानन्कारकट्टी ९ स्थित बलान खोलामा मृत अवस्थाम भेटिएका छन्।
मङ्गलबार बेलुका घरबाट हिडेका साहलाई उनकै छोरा सत्यनारायण साहले खोजीगर्ने क्रममा बुधबार विहान ११ बजे उक्त खोलामा मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थलमा ईलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।