• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा युवा सम्मेलन हुने

राजविराज, १ साउन । सप्तरीमा जिल्लामा पहिलो पटक युवा सम्मेलनका लागि पहल थालिएको छ ।
आगामी साउन २८ गते विश्व युवा दिवसको अवसर पारेर युवा सम्मेलनको आयोजना गरिने जिल्ला युवा सञ्जालका संयोजक मोहन यादवले बताए । सञ्जालको अगुवाईमा शनिवार बिहान जिल्ला खेलकुद विकास समितिको युवा सूचना केन्द्रमा भएको युवाहरुको एक भेलाले यस्तो निर्णय गरेको हो । युवा सम्मेलनका लागि मूल समितिसहित बिभिन्न समितिहरु गठन गरिएको छ ।
भेलाले नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्रवणकुमार देवको संयोजकत्वमा नौ सदस्यीय मूल समिति गठन गरिएको छ । समितिमा बिष्णु यादव, आयुष श्रेष्ठ, मोहन यादव, बिरेन्द्र मण्डल, प्रियंका देव, नन्दकिशोर गुप्ता, मुकेश मण्डल र अनिल ईसर सदस्य रहेका छन् । यसैगरी बिष्णु यादवको संयोजकत्वमा गठन भएको आर्थिक उप समितिको सदस्यहरुमा पवन साह, मोहन यादव, रामप्रकाश चौधरी मेनुका दास र दिपेन्द्र दास रहेका छन् ।
बिरेन्द्र मण्डलको संयोजकत्वमा व्यवस्थापन उप समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा नन्दकिशोर गुप्ता बिमलेश यादव, रोशण यादव र विजय देवलाई चयन गरिएको छ । यसैगरी आयुष श्रेष्ठको संयोजकत्वमा गठन भएको प्रचार प्रसार समितिका सदस्यहरुमा प्रमोद कुमार यादव र रामकुमार यादवलाई चयन गरिएको छ । प्रत्येक गाविसबाट दुई जना र नगरपालिकाहरुबाट चार जना युवाहरु बोलाएर युवाहरुको समस्या पहिल्याउने र ती समस्या समाधान गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले युवा सम्मेलन गराउने संयोजक देवले बताए ।