• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फोरम सप्तरीद्वारा जिविसको कामकाजमा अवरोध

राजविराज, ३० असार । संघीय समाजवादी फोरम नेपालका नेता तथा कार्यकर्ताहरुले बुधवार अपरान्ह नाराबाजी गर्दै जिल्ला विकास समिति सप्तरीको कामकाजमा अवरोध पुर्याएका छन् ।

जिल्ला विकास समितिमा बोर्डको निर्णयको प्रतिलिपीकालागि लिखित निवेदन दिँदा पनि आफूहरुलाई सूचना उपलब्ध नगराएको भन्दै उनीहरुले कार्यालयको कामकाजमा अवरोध पुर्याएका हुन् । फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवको नेतृत्वको टोलीले निमित स्थानीय विकास अधिकारी प्रदिप बहादुर सिंहको कार्यकक्ष पुगेका थिए । घण्टौंसम्म कुरेर मोबाइलमा फोन गर्दा नउठाएपछि बाध्य भएर फोरमका नेता तथा कार्यकर्ताहरुले कर्मचारीहरुलाई कार्यकक्षबाट बाहिर निकालेर नाराबाजी गर्दै कामकाज अवरुद्ध गरेका थिए । टोलीले योजना अधिकृत धीरेन्द्र कुमार यादव समक्ष समेत गुनासो गरेका थिए ।
केहीबेर नाराबाजी जारी रहेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले छलफलकालागि सिडिओ बङ्गलामा बोलाएका थिए । छलफलमा जाँदा निमित स्थानीय विकास अधिकारी यादवले फोनमा आफू उदयपुरमा रहेको भन्दै आएपछि सूचना उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । यद्यपी प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले शुक्रवार साँझ ५ बजेसम्म सूचना उपलब्ध गराउन निर्देशन दिएको फोरम अध्यक्ष यादवले जानकारी दिए ।