• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मलेसियामा सप्तरीका एक युवा कामदारको मृत्यु

मलेसियामा सप्तरीका एक युवा कामदारको मृत्यु

राजबिराज २७ असार । मलेसियामा कार्यरत सप्तरीका एक जना युवाको मृत्यु भएको छ ।

तीन वर्ष अघि मलेसिया गएका गाविस बभनगमाकटी मन्सापुरका २७ वर्षिय रामुनी मण्डल बिहीवार राती मृत्यु भएको हो । डियुटी सकेर बिहिवार राती उनी खाना खाएर सुतेको थिए । बिहान साथीहरुले डियुटीमा जानका लागी उनको कोठा पुगेपछि मृत अवस्थामा फेला परेको जनाईएको छ ।
गोल्डेन म्यान पावर काठमाण्डौ मार्फत उनी वैदेशिक रोजगारीमा मलेसिया पुगेका थिए । उनी गत बैशाखमा २ महिनाको बिदा सकेर मलेसिया गएको तीन महिना नबित्दै मृत्यु भएको मण्डलका भाइ बालेश्वरले जानकारी दिए । राम्रो कमाईको लागि उनी मलेसिया गएका थिए । छोरा–छोरीको भविष्य राम्रो बनाउन र परिवारले सुखमय जिवन बिताउने सपना बोकेर बिदेश गएका उनको सपना चकनाचुर भएको छ ।
अहिले उनको घरमा रुवावासी चलेको छ । दुई छोरीका पिता मण्डलको परिवार अहिले शोकमा डुबेको छ । मन्सापुरमा एक धुर पनि जग्गा नभएका उनका परिवार सुकुम्वासी भएर जिवनयापन गर्दैआएका छन् ।
यता यस सम्वन्धमा सवल नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत मिडिया एवम् सूचना तथा परार्मश केन्द्र राजविराजले विशेष चासो देखाएको छ । घटनाको विषयमा जानकारी लिई मृतकको शव मन्सापुर ल्याउनकालागि पहल भईरहेको कार्यक्रम अधिकृत चन्दनकुमार यादवले जानकारी दिएका छन् ।