• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जिशिअद्वारा सिद्धार्थ स्कुलमा आठ कोठे भवन शिलान्यास

जिशिअद्वारा सिद्धार्थ स्कुलमा आठ कोठे भवन शिलान्यास

वीरगंज,असार । सिद्धार्थ माध्यमिक विद्यालय चिनिमिल वीरगञ्ज प्रागंनमा आठ कोठे भवनको एक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी राम बिनय सिंहले शिलान्यास गरेका छन् ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विजय कुमार सरावगीको सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा धार्मिक रितीरिवाज अनुसार सिंहले पुजा गरी विधिवत शिलान्यास गरेका हुन् । जिल्ला शिक्षा कार्यालय पर्साको ६० लाखको सहयोगमा आठ कोठ् भवनको निर्माण शुरु गरिएकोे हो ।
शिलान्यास कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य शिव शंकर प्रसाद कुर्मी, सुमित्रा देवी, बिद्यालय निरीक्षक हरी राउत, प्रधानाध्यापक राजेश पाण्डे, नृसिंह उच्च माध्यमिक विद्यालय पिपराका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रामनारायण कुर्मी, उद्योगी आनन्द कुमार अग्रवाल, हरी गौतम, सव ईन्जिनियर राजेश कुमार ठाकुर, नेपाल शिक्षक महासंघका अध्यक्ष रामचन्द्र पंडित, मिरा प्रधान निरन्जन न्यौपाने, अवध किशोर सिंह, विद्यालय अभिभावक समितिका अध्यक्ष बिरेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।
यसैगरी बरिष्ठ समाजसेवी एवं उद्योगपति बिरेन्द्र कुमार संघाईले सोही बिद्यालयमा एक करोड ५० लाखको लागतमा १२ कोठे आधुनिक भवन निर्माण कार्य शुरु गरिसकेका छन् ।