राजविराज, २३ असार । सप्तरीको मलेठ–५ बसबिटी स्थित खेतामा पानी पटाउनका लागि पानी तान्ने मोटर चलाउने क्रममा बुधवार राती एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।
राती करिब आठ बजेको समयमा विद्युत आएपछि मोटर चलाउने क्रममा मलेठ– ४ का १५ वर्षिय मनिष साहको करेन्ट लागेर मृत्यू भएको हो । खेतमै लगाईएको कृषि मिटरबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यू भएको स्थानीय छोटेलाल यादवले जानकारी दिएका छन् । अचानक करेन्ट लागेर गम्भीर घाइते भएकोमा उपचारको लागि राजविराज स्थित सगरमाथा अञ्चल अस्पताल लगिने क्रममा बाटोमा बालक मनिषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।