• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सांसद राउतद्वारा तीन मदर्सालाई कम्प्युटर प्रदान

सांसद राउतद्वारा तीन मदर्सालाई कम्प्युटर प्रदान

वीरगञ्ज, २० असार । संघीय समाजवादी फोरम नेपालका सांसद एवं उपाध्यक्ष लालबाबु राउत गद्दीले एक कार्यक्रमका बीच पर्साका तीन वटा मदर्सामा कम्प्युटर बितरण गरेका छन् ।
गद्दीले संसदीय कोषबाट अन्जुमन ईस्लामिया मुर्ली – १५ ÷ १६, मर्दसा रिजवीया मर्कजी दारुल्उलुम मर्दशा लाठ गली वीरगञ्ज, मदर्सा ईस्लामिया फैजुल उलुम गाबिस दैवरवानालाई १ ÷ १ थानको दरले बितरण गरेका हुन् । संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवको सभापतित्वमा सम्पन्न वीरगंज मुर्ली स्थित मस्जिद प्राङ्गणमा आयोजित कम्प्युटर वितरण कार्यक्रममा अन्जुमन ईस्लामिया मुर्लीका प्रमुख जनत अन्सारी, सेक्ट्ररी दाउद अन्सारी, कोषाध्यक्ष कमरुलाह अन्सारी, मुस्लिम फोरमका केन्द्रीय सचिव नेक महम्मद, युवा फोरमका केन्द्रीय सदस्य नासिर खान, फोरम नेपाल पर्साका जिल्ला प्रवक्ता सलाउदिन अहमद, सदस्य दिपक यादव लगायतको उपस्थिती रहेको थियो ।
यसैगरी लाठगली स्थित मस्जिद प्रांगनमा कम्प्युटर हस्तान्तरण कार्यक्रममा मर्दसा रिजवीआ मर्कज दारुल्उलुमका वरिष्ठ सल्लाहकार बाबुजान अली, सचिव फकरुद्दिन अली, अब्दुल समी, महम्द अली र मर्दसा ईस्लाफिया फैजुल उलुम दैवरवानाका ईमाम हुसेन , नैमुदिन अन्सारी, नसिम अख्तरलाई सोही ठाँउमा गई हस्तान्तरण गरिएको संघीय प्रेस फोरमका केन्द्रीय सह–कोषाध्यक्ष संतोष पटेलले जानकारी दिए ।