बृजमान तामाङ
बिरेन्द्र बजार, २१ असार । विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने उदेश्यले सप्तरीको उच्च माध्यमिक विद्यालय कुशाहामा सोमवार एसएलसी उर्तिण गरेका छात्रछात्राहरुलाई साइकल वितरण गरेको छ ।
विद्यार्थी प्रोत्साहन कार्यक्रम उपभोक्ता समिति क्षेत्र नम्बर ५ का अध्यक्ष महेन्द्र चौधरीको अध्यक्षता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी मुक्तिनाथ चौधरीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको बीच साइकल वितरण गरेको हो । कार्यक्रममा प्रमुख अतिथि चौधरीले उच्च माध्यमिक विद्यालय कुशहाका १६ जना तथा फूलेश्वर माध्यमिक विद्यालय कल्याणपुरका चार जना छात्रछात्रालाई २० थान साइकल बितरण गरे । सप्तरी क्षेत्र नम्वर–५ का सांसद तेजुलाल चौधरीले गत वर्षदेखि नै उक्त क्षेत्रमा विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप साइकल वितरण गर्दैआएको छ ।
कार्यक्रममा उच्च माबि कुसाहाका शिक्षक राम कुमार यादव, माबि कल्याणपुरका शिक्षक भगवती प्रसाद चौधरी लगायतकाले बिधार्थीहरुलाई बधाई दिदै उच्च शिक्षाको सफलताको कामना गरे । स्थानीय रमेश चौधरीद्धारा सञ्चालित कार्यक्रममा स्वगत उपभोक्ता समितिका सदस्य आशाराम बिकले गरे । निर्वाचन क्षेत्र नम्वर–५ का सांसद तेजुलाल चौधरीको संसदिय विकास कोषबाट २०७१ सालको एसएलसी परीक्षमा उर्तिण गरेका १ सय २० जना छात्रछात्रा मध्ये २० जना बाँकी रहेका बिधार्थीलाई साइकल प्रदान गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।