• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदर्शनगरलाई ग्रिन सिटी बनाउने अभियान तीव्र

आदर्शनगरलाई ग्रिन सिटी बनाउने अभियान तीव्र

वीरगंज, १९ असार । वीरगंजको आदर्शनगरलाई ग्रिन सिटी बनाउने परिकल्पनासहित गठन गरिएको आदर्शनगर ग्रिन सिटी विस्तार उपभोक्ता समितिले आप्mनो अभियानलाई तीव्र रुपले अगाडी बढाउन थालेको छ ।
सोही क्रममा शनिवार वीरगंजस्थित टिवडेवाल धर्मशालामा एउटा छलफल कार्यक्रमको आयोजना गरियो । आदर्शनगर चोक देखि नगरपालिका चोकसम्म बाटोको दुबैतर्फ सोलार, वृक्षारोपण,फुटपाट निर्माण तथा सडक पेटीमा स्टिल रेलिङ, फोहोर संकलन बक्स, यात्रु प्रतिक्षालय लगायतको व्यवस्था एवं निर्माण गर्ने विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठ, वीरगंज उप महानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइराला, नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तव, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप कुमार केडिया लगायतको उपस्थिति रहेको थियो ।
छलफल कार्यक्रम पश्चात आदर्शनगर ग्रिन सिटी उपभोक्ता समितिका अध्यक्ष सुनिल रुंगटाको अध्यक्षतामा आदर्शनगर क्षेत्रको स्थलगत सरसफाइ गरिएको थियो । सो सरसफाइ कार्यक्रममा जिल्लाका विभिन्न सरकारी तथा गैरसकारी कार्यालय, संघसंस्था, नागरिक समाज, समुहलगायत आदर्शनर ग्रिन सिटी अभियानका अध्यक्ष सुनिल रुङ्गटा, सक्रिय कार्यकर्ता मुकेश खेतान, सह सचिव संजय शर्मा, कोषाध्यक्ष ज्योती रुंगटा, सल्लाहकार एवं सदस्यहरु सुरेश गाडीया, सज्जन अग्रवाल, प्रकाश खेतान, नन्दकिशोर रुंगटा, विकाश रुंगटा, मुकेश खेतान, अन्जनी खेतान, दिनेश चौधरी, पुष्पा गाडीया, अरुण टिवडेवाल, लक्ष्मी रुंगटा, सुमित्रा रुंगटा, दिपक टिवडेवाल, उषा खेतान लगायतको उपस्थिति रहेको थियो ।
ग्रिन सिटी अभियान क्षेत्र अन्तगर्तको विकासकालागि समितिले समय समयमा चेतनामूलक कार्यक्रम, सडक प्रदर्शनी लगायतका कार्यक्रम गर्ने जनाएको छ । यसैगरी जथाभाावी फोहोर फाल्नेलाई कारवाही र जरिवाना समेत गरिने संस्थाका सक्रिय कार्यकर्ता मुकेश खेतानले बताए ।