वीरगञ्ज, १८ असार । राष्ट्रिय झण्डा र बाजागाजासहित वीरगञ्जमा शनिवार बृहत प्रदर्शन गरिएको छ ।
नेपाल विद्वत परिषदको राष्ट्रिय एवं क्षेत्रीय वृहत्त सम्मेलनमा सहभागी हुन आएका बागमती, नारायणी र जनकपुर अञ्चलका विभिन्न जिल्लाबाट आएका राष्ट्रवादी नागरिहरूले वृहत्त ¥यालीको आयोजना गर्दै राजा आउ देश बचाउ, हिन्दू सनातन अधिराज्य कायम गर, राजासंगको सझ्तौका कायम गर, २०४७ को संविधान लागु गर, जनता कसको राजाको, राजा कसको जनताको लागयतका गगनभेदी नारा लगाउ“दै नगर परिक्रमा गरेको थियो ।
स्थानीय सम्झना होटेलबाट निस्केको ¥याली घण्टाघर, माइस्थान, महावीर स्थान, आदर्शनगर चोक, अलखिया मन्दिर हु“दै नगरपरिक्रमा गरी घडिअर्वास्थित गोपाल मण्डलीमा वृहत्तसभामा परिणत भएको थियो । नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, मध्यमांचल संयोजक ऋषिकेश लोहनी, मध्यमाञ्चल सह संयोजक एवं केन्द्रीय सदस्य नरेशराज गिरी, पूर्वाञ्चल संयोजक बल्लभ दाहाल, मध्यपश्चिमाञ्चल संयोजक दीपक बहादुर सिंह, गोविन्द खतिवडा मकवानपुर, पशुपति विक्रम शाह पर्सा, निरबहादुर अधिकारी बा“के, सप्तरी डा. कमल दास, केन्द्रीय सदस्य अध्यानन्द साह कलवार, भरत बहादुर मल्ल बारा, जनकपुरबाट क्षेत्रीय सहसंयोजक महेन्द्र झा, केन्द्रीय सदस्य देवी वर्मा, कमला गिरी, विष्णु गिरी, अनिता शाह, पर्सा जिल्ला अध्यक्ष रामनारायण साह कानु, रौतहट जिल्लाबाट केन्द्रिय सदस्य कमरुल होदा लगायत बारा, पर्सा, रौतहट लगायतबाट, हजारौंको संख्यामा महिला, युवा, वृद्ध लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तव्यको क्रममा वक्ताहरूले देशको राष्ट्रिय अखण्डता, एकता र विकासको लागि राजसंस्थाको पुनस्र्थापना अनिवार्य भएको बताए ।