• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

कुर्मी समाज पर्साद्वारा विना दाइजो विवाह गर्ने दम्पति सम्मानित

कुर्मी समाज पर्साद्वारा विना दाइजो विवाह गर्ने दम्पति सम्मानित

वीरगंज, १९ असार । कुर्मी सशक्तिकरण मञ्च पर्साले २०७२ सालमा एसएलसी उतिर्ण गरेका ७५ जना स्वजातीय बिद्यार्थी र चार जना अभियन्ताहरुलाई सम्मान गरेको छ ।
मञ्चका अध्यक्ष संतोष पटेलको सभापतित्वमा होटल मकालुमा सम्पन्न सम्मान समारोहमा एसएलसी मा ग्रेड अनुसार बिद्यार्थीहरुलाई भव्य सम्मान गरिएको छ । यसैगरी बिना दाइजो विवाह गरेका चार जना दम्पतीलाई समेत सम्मान गरिएको छ ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कुर्मी सशक्तिकरण मञ्चका केन्द्रीय सदस्य एवं समाजका अगुवा ब्रम्हदेव राउत कुर्मीले समाजमा रहेका दाईजो प्रथा, छेका र बाल बिवाह अन्त्य गर्नतर्फ ध्यान दिन आग्रह गर्दै छात्राहरुको शिक्षामा पहँुच बढाउनमा जोड दिए । प्रमुख अतिथी समेत रहेका कुर्मीले समाजको बिकासका लागि छोरी सरह बुहारीलाई व्यवहार गरे मात्र परिवार सुखी हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाल सदभावना पार्टीका महासचिव शिव पटेलले राजनितीक रुपमा बिकास नभएसम्म समाजको बिकास नहुने बताउदै समाजमा रहेका विकृती, विसंगती बिरुद्ध सवै एक जुट हुन आग्रह गरेका थिए । समाजमा खाली डाक्टर, ईन्जिनियर, वकिल ,प्राध्यापक, शिक्षक तर्फ बिशेष ध्यान दिईरहेको हुनाले प्रशासनिक र राजनितीक क्षेत्रमा अगाडी बढ्नमा जोड दिए । 6
बिद्यार्थी सम्मान समारोहमा कुर्मी समाजका अगुवाहरु प्रो. डा. शम्भु पटेल, शिवशंकर प्रसाद कुर्मी, रामनारायण प्रसाद कुर्मी, जोगिन्द्र प्रसाद कुर्मी, कुर्मी सेवा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, कोषाध्यक्ष शुभनारायण कुर्मी, युवा व्यवसायी मनोज कुर्मी, वीरगञ्ज जेसीसका अध्यक्ष राजेश पटेल, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा कुर्मी, मञ्च पर्साका पुर्व अध्यक्षद्वव दिपक पटेल र संजय पटेल, दिव्य युवा क्लबका कोडिनेटर रामाकान्त पटेल लगायतकाले शुभकामना एवं बधाई दिदै समाजको बिकासमा सवैले ईमान्दारिपुर्वक भुमिका निर्वाह गर्दै विकृतीहरुलाई निर्मुल पार्नमा जोड दिए ।
कार्यक्रममा मञ्च पर्साका उपाध्यक्ष विशेश्वर पटेलले स्वागत मन्तव्य र सचिव अनुराग पटेलले कार्यक्रम माथी प्रकास एवं रामसपा पर्सा सचिव र मंच पर्सा क्षेत्र नं. ५ का अध्यक्ष धर्मेन्द्र पटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा बिना दाईजो विवाह गरेका मधुवनीका चन्द्रिका पटेल र सुशिला पटेल, आफनो भाइको विवाहमा दाईजो नलिएका छपकैयाका मनोज कुर्मी, चिनिमिल पिपराका विशेश्वर पटेल, छोराको विवाहमा दाईजो नलिएका श्रीपुरका जयप्रकाश सिंह कुर्मी र नेपाल प्रेस युनियन पर्साको अध्यक्षमा निर्वाचित रामनारायण कुर्मीलाई सम्मान गरियो । बिद्यार्थीहरुलाई कापी, कलम, प्रसंसा पत्र ,अक्सफोर्ड डिक्सनरी, फुलमाला र टीका लगाई प्रोत्साहित गरिएको छ ।