• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘संसारका सवै धर्मको सार एउटै’

वीरगंज, १७ असार । मानव सृष्टि र यसको उद्देश्य बिषयक एक दिने अन्र्तक्रिया कार्यक्रम शुक्रवार वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगंज – १७ बहुअरीमा रहेको ईस्लामिक कल्चरल सेन्टरमा कार्यक्रम सम्पन्न भएको हो । मुस्लिम संघ नेपाल नारायणी अञ्चल शाखाका अध्यक्ष खुर्सेद आलम ईस्लाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले संसारका सवै धर्मको सार एउटै भएको बताए । घिमिरेले संसारमा सवैभन्दा बढी चेतनशिल प्राणी मानव भएकोले पृथ्वीमा मानवको भुमिका महत्वपुर्ण रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथी पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठ, ईस्लामी संघ नेपालका पूर्व अध्यक्ष नजरुल हसन फलाही, सशस्त्र प्रहरी निरिक्षक केदार सापकोटा, नेपाल आर्य समाजका श्यामसुन्दर आर्य लगायतकाले मिलेर बसे मात्र मानव जिवनको उद्देश्य पुरा हुने बताए । बिभिन्न जात धर्म र समुदायको नाममा अनावश्यक राजनिती बढेको प्रति चिन्ता व्यक्त गर्दै वक्ताहरुले मानव भई मानवको सेवा गर्नु नै आजको मुख्य आवश्यकता भएको र यहि नै सवै धर्मको सार भएको बताए ।
उक्त अवसरमा सत्य साई केन्द्र वीरगञ्जका अध्यक्ष दुर्गा थापा, ब्रम्हकुमारी राज योग केन्द्र वीरगञ्जका ब्रम्हकुमार गोकुल, वीआईटी कलेजका अध्यक्ष डा. रामबाबु साह, नारायणी अस्पतालका बरिष्ठ चिकित्सक डा. मनोज गुप्ता,समाजसेवी आर.के कोहली , एमालेका युवा नेता समसेद अख्तर, एस.एमजहाँगस्त लगायत बिभिन्न संघ,संगठन र पेशाका बौद्धिक वर्गका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा तेलावते कुर्आन वसिम अख्तरले र कुर्आनको अनुवाद जनाव असरफ फलाहीले गरे । कार्यक्रम पश्चात साँझ ७ः०४ बजे ईफतारी समेत गरिएको मिडिया सेक्टरका एस.एमजहाँगस्तले बताए ।