• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हतियारसहित भारतीय नागरिक पक्राउ

राजविराज, २६ जेठ । सशस्त्र प्रहरीको टोलीले हतियार सहित एक जना भारतीय नागरिकलाई बुधवार बिहान पक्राउ गरेको छ ।
सप्तरीको झुटकी गाविस–९ स्थित पाँची खोला किनारबाट भारतको बिहार राज्य मधुवनी जिल्ला अन्तरगतको महादेबाका रमेश यादवलाई सिक्सर पेस्तोलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।
प्रहरी उपरिक्षक दमन थापाका अनुसार सुराकीका आधारमा सशस्त्र प्रहरीले चेक प्वाइन्ट थापेर चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको हो । उनको साथवाट मेड इन युएसए लेखिएको सिक्सर पेस्तोल एक थान, सोमा लाग्ने तीन राउण्ड गोली,एकथान मोवाइल र एक एक थान नेपाली र भारतीय सिम कार्ड बरामद गरिएको सशस्त्र प्रहरी उपरिक्षक थापाले जानकारी दिए । पक्राउ परेका भारतीय नागरिक यादवलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीको जिम्मा लगाईएको छ ।