• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वीरगञ्ज प्रहरीको नाकैमुनि चोरी

वीरगञ्ज, २४ जेठ । वीरगञ्जको छपकैयाको श्रीराम हल नजिकै प्रहरी बिट अगाडिको जय जगदम्बा स्टोर्समा आइतवार राति चोरी भएको छ ।
चोरहरुले सटरको ताला फोरी पसलमा रहेको नगद, रिर्चाज कार्ड सहित एक लाख मुल्य बराबरको धनमाल चोरी गरेको पसलका सञ्चालक जनार्दन साहले बताए । पसल भएकै घरमा सुरक्षाकर्मी पनि बस्ने गरेका छन् भने पसल नजिकै प्रहरी बिट छपकैया रहेको छ । यसरी प्रहरी कार्यालयकै अगाडि पसलमा चोरी हुदा समेत सुरक्षाकर्मीलाई कुनै जानकारी नहुनुले प्रहरी सुरक्षा माथि नै आशंका उत्पन्न भएको छ ।
यसैबीच पर्सा थोक तथा खुद्रा जेनरल किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहाले चोरी भएको पसलको स्थलगत अवलोकन गर्दै प्रहरी सुरक्षा बिटकै अगाडि चोरी भएको घटनाले वीरगञ्जका व्यवसायीहरु असुरक्षित रहेको प्रमाणित भएको र व्यापारीक प्रतिष्ठान तथा पसलहरुको सरक्षाको प्रबन्ध मिलाउन स्थानिय प्रशासनसँग माग गरेका छन् ।