• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
शम्भुनाथ नगरपालिकामा बृक्षारोपण

राजविराज, २३ जेठ । विश्व वातारण दिवसको अवसर पारेर आइतवार युवा सशक्तिकरण संघ नेपालद्वारा सप्तरीको शम्भुनाथ नगरपालिका ८ मिलन चौकको पार्कमा बृक्षारोपण गरिएको छ ।

राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समिति, जिल्ला वन कार्यालय, जिल्ला भुसंरक्षण कार्यालयको सहयोगमा युवा सशक्तिकरण संघ नेपाल सप्तरीले बृक्षारोपण गरेको हो । शम्भुनाथ नगरपालिका कार्यालयको पहलमा सम्पन्न बृक्षारोपण कार्यक्रममा सप्तरी क्षेत्र नम्बर ५ का सांसद तेजुलाल चौधरी, जिल्ला विकास समिति सप्तरीका कार्यक्रम अधिकृत नवराज खड्का, शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत संजीव न्यौपाने, युवा सशक्तिकरण संघका अध्यक्ष किशोरकुमार यादव लगायतले बृक्षारोपण गरे ।
बृक्षारोपण पश्चात आयोजित कार्यक्रममा सांसद चौधरीले पहिला हरियो वन नेपालको धन भन्ने गरिएपनि त्यो नारा बिस्तारै हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्दै वनको संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताए । राजनीतिकरणका कारण विकासको गति पछाडी परेको बताउँदै विकासमा राजनीतिकरण नगर्न आग्रह गरे ।
शम्भुनाथ नगरपालिकाका कार्यकारी अधिकृत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा युवा सशक्तिकरण संघका अध्यक्ष यादवले २०७३ सालको वातारण दिवसमा शम्भुनाथ नगरपालिकाको बिभिन्न ७ स्थानमा २०७६ वटा बिरुवा रोप्ने योजना रहेको जानकारी दिए । युवा सशक्तिकरण संघले राष्ट्रपति तराई मधेश चुरे संरक्षण विकास समितिको सहयोगमा सप्तरीको बिभिन्न गाविस तथा नगरपालिकाहरुमा वन बिनास नियन्त्रण, बृक्षारोपण तथा चुरे संरक्षणका लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष यादवले बताए ।