वीरगञ्ज, २२ जेठ । पत्रिका वितरक संघ वीरगञ्ज पर्साको आयोजनामा शनिवार वीरगञ्जमा चियापान तथा छलफल कार्यक्रमको आयोजना गरियो ।
वीरगञ्जको आदर्शनगर स्थित बौद्यमाइको प्राड्डणमा पत्रिका वितरक संघका अध्यक्ष मुकेश पटेलको अध्यक्षतामा चियापान तथा छलफल कार्यक्रम आयोजनागरिएको हो । लामो समयदेखि पत्रिका वितरण गर्ने कर्मचारीहरुलाई समयमा तलब, वर्षायाममा रेनकोट, साइकल मर्मत खर्च लगायतको सुविधा दिन उनीहरुले माग गरेका छन् ।
छलफल कार्यक्रममा विभिन्न पत्रपत्रिकामा आबद्ध ३० जना पत्रिका वितरकहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम पश्चात् पत्रिका वितरकको शनिवार सम्पन्न पहिलो बैठकबाट ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सल्लाहकारमा रामअवतार पटेल, रामा प्रसाद पटेल र दिपेन्द्र प्रसाद गुप्ता रहेका छन् । नवगठित कार्य समितिमा थप एक जना नयाँ सदस्य रामाधार पटेललाई मनोनित गरेको पत्रिका वितरक संघका अध्यक्ष पटेलले जानकारी दिए ।