भारदह, १९ जेठ । सप्तरीको भारदह स्थित कंकालिनी मन्दिर विकास समितिको नयाँ कार्य समितिका लागि बुधवार अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ ।
समितिको अध्यक्षमा गजेन्द्र प्रसाद माझी र श्यामसुन्दर मण्डलले उम्मेदवारी दिएका छन् । समितिको उपाध्यक्षमा सत्यजित कुमार झा र हरि राउतले उम्मेदवारी दिएका छन् । सचिवमा अशोक कुमार खड्गा, आकाश कुमार राजभण्डारी र लक्ष्मण मण्डल प्रतिष्पर्धामा उत्रेका छन् ।
कोषाध्यक्षमा सुभाषचन्द्र झा र सत्यनारायण मण्डल तथा महिला सदस्यमा प्रमिला देवी मण्डलको उम्मेदवारी परेको छ । दलित सदस्यमा विनोद कुमार रजक र बुदुर रामको उम्मेदवारी परेको छ ।
खुला सदस्यमा कुन्दन कुमार कापैर, जमाहर प्रमाणी, जोगेन्द्र मण्डल, दिनेश कुमार मण्डल, पंकज कुमार लौंगी, बैजनाथ मण्डल, राजेश कुमार मण्डल, विरेन्द्र कुमार मण्डल, शम्भु कुमार मण्डल, सञ्जय कुमारी अधिकारी, सुशील कुमार मण्डल र सूर्यदेव शर्माले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।