• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सेवा प्रदायक संस्थाहरुमा नजाने भन्दै जिविसमा निवेदन

सेवा प्रदायक संस्थाहरुमा नजाने भन्दै जिविसमा निवेदन

राजविराज, ११ जेठ । सेवा प्रदायक संस्थाहरुमा नजाने भन्दै सप्तरी जिल्लाका गाविसका सामाजिक परिचालकहरुले जिल्ला विकास कार्यालय सप्तरीमा निवेदन दिएका छन् ।
जिल्लाका सामाजिक परिचालकहरु शुरुको समयमा सेवा प्रदायक संस्थाहरुमा कार्य गर्दा कार्यरत संस्थाहरुले समाजिक परिचालकहरुलाई विभिन्न तरिकाले आर्थिक शोषण गर्नुका साथै विभिन्न सेवा प्रदायक संस्थाहरुद्वारा पिडित भएको आरोप लगाईएको छ । सामाजिक परिचालकहरुले समस्याहरुबारे मन्त्रालयसम्म पु¥याए पछि सेवा प्रदायक संस्थाहरुबाट फिर्ता लिएर जिल्ला विकास कार्यालयको कार्य गर्दैआएको जनाईएको छ ।
पुनः सेवा प्रदायक संस्थाहरुले सामाजिक परिचालकहरुलाई परिचालन गरे पछि जिल्लाका सबै गाविसका सामाजिक परिचालकहरुले संयुक्त निवेदन सहित जिल्ला कार्यालय समितीकै मातहतमा रही कार्य गर्नुका साथै सेवा प्रदायक संस्थामा गए पुनः शोषणकका साथै त्रासको वातावरण सिर्जना हुने भन्दै जिल्ला विकास कार्यालय सप्तरीलाई निवेदन दिएका छन् ।