धरान, ११ जेठ । हलुवाई समाजका युवायुतीहरुको सुचनामा पहुँच पुगोस् भन्ने उदेश्यले हलुवाई समाज नेपालको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा सुचनाको हक सम्बन्धी ब्यवहारी ज्ञान दुई दिन तालिम सम्पन्न गरेको छ ।
धरान उपमहानगरपालिकाको कर्मचारी एसोसिएनको सभाहलमा उक्त तालिम सम्पन्न भएको हो । सरकारी स्तरबाट हुने सूचना प्रवाहमा हलवाई समाजको भुमिका के कस्तो रहने ? सुचनाको हक कसरी पाउने तथा कहा“–कहा“बाट समाजका मान्छेहरुले सूचना पाउन सक्ने बिषयमा प्रशिक्षण दिईएको कार्यक्रमका प्रशिक्षक राजु श्रेष्ठले जानकारी दिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका सूचना अधिकृत भक्तिराज शर्माले सरकारी निकायले सूचना प्रवाहमा कुनै रोक नलगाएपनि पिछडिएको समुदाय सुचना माग्न हिच्किचाइरहेको बताए । जनताको करबाट सम्पुर्ण सरकारी निकाय चल्ने भएकाले सरकारी निकायमा आएर निर्धक्कसँग सम्बन्धित बिषयको खोजी निति गर्न पाउने जनताको अधिकार समेत हुने गरेको बताए ।
पिछडिएका समुदायको युवा युवतीहरुको समेत सहभागिता रहेको उक्त कार्यक्रममा हलुवाई समाजले आफना समुदायका लागि बिभिन्न तह र तप्काबाट योगदान पु¥याउने २ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा उद्योग बाणिज्य संघ धरानका नव निर्वाचित अध्यक्ष राजेन्द्र शाह तथा धरान मोडल कलेजकी बीबीएस तेश्रो बर्षमा अध्यययनरत छात्रा सुनिता गुप्ता रहेकी छिन् ।
राजेन्द्र शाहलाई मधेशी समुदायको तर्फबाट ब्यापार ब्यवसायमा अतुलनीय योगदान पु¥याए वापत सम्मान गरिएको हो भने सुनिता गुप्तालाई धरान मोडल कलेजबाट बिबिएस प्रथम बर्षमा पुर्वाअञ्चलमा नै सर्वाेत्कृष्ट भएकोले सम्मान गरिएको समाजका सचिव रमेश शाहले बताए ।
कार्यक्रममका प्रमुख अतिथि धरान उपमहानगपािलकाका बरिष्ठ सुचना अधिकृत भक्तिराज शर्मा, हलुवाई समाज नेपाल धरानका बिजय कुमार शाह, वरिष्ठ सल्लाहकार बाबुलाल शाह, उपाध्यक्ष सतिशचन्द्र गुप्ता, बरिष्ठ सल्लाहकार भगवान शाहले संयुक्त रुपमा सम्मान गरेका छन् भने समाजका अध्यक्षबाट सम्मानित गुप्तालाई प्रोत्साहन स्वरुप नगद २ हजार १ सय रुपैयाँ समेत प्रदान गरिएको छ ।