बीरगञ्ज, वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्टिय र अन्तराष्ट्रिय स्तरमा बिश्वास गुमाई सकेको सरकारसँग आफुहरु कुनै पनि हालतमा बार्ता नगर्ने धारणा व्यक्त गरेका छन् ।
पर्साको उदपुरघुर्मी गाउँमा पार्टीले आयोजना गरेको बृहद पार्टी प्रवेश कार्यक्रममा नेता यादवले यस्तो धारणा राखेका हुन् । उनले सरकारले वार्ताको बहानामा आन्दोलनलाई भाँड्न खोजेको आरोप लगाउदै ३६ पटक वार्ता गरे पनि माँग पुरा गर्न नसकेको सरकारसँग अब कुनै पनि हालतमा बार्ता गर्ने बताए ।
नेता यादवले चौतर्फीरुपमा असफल भइसकेको र कालाबजारीया तथा तस्करहरुले चलाइरहेको आलो सरकारको आयुका दिनहरु अन्तिम अवस्थामा रहेको दावी गर्दै मधेसी र जनजातीहरुले अब बार्ता होइन आन्दोलनबाट खोसेर अधिकार लिने बताए । सविधानको पुनर्लेखनबाट मात्र आफुहरुको आन्दोलन रोकिने उनको भनाइ थियो ।
संघीय गठबन्धनका नेतासम्म रहेका यादवले मधेसमा उठेको अधिकारको आन्दोलनका मुदाहरु गोली र बन्दुक वा मुद्दा लगाएर नरोकिने बताए । उनले मधेसबाट सुरु भएको अधिकारको आन्दोलन अब पहाड र हिमालसम्म पुगेको चर्चा गरे । मधेसी जनता अब मधेसमा मात्र होइन पहाडको शोषित, पिडित, जनजाति र दलितसँग मिलेर सिहदरबारमाथि धावा बोल्ने बताए ।
क्षेत्रीय अध्यक्ष वासुदेव यादवको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गदि, पुर्वमन्त्री करिमा वेगम, केन्द्रीय सदस्य बिरेन्द्र यादव, जिल्ला अध्यक्ष प्रदिप यादव, महिला नेतृ मिनी सिंह, शिवजी स्वामी, मौलाना नुरुल होदा, सलाउदिन अहमद लगायतका नेताहरुले सम्बोधन गरे ।
यसैगरी संघीय समाजवादी फोरम पर्सा जिल्ला कार्यसमितिले आयोजना गरेको पार्र्र्टी प्रवेश कार्यक्रममा तीन गाउँका कांग्रेस, एमाले र माओवादी पार्टी परित्याग गरि लगभग २ सय स्थानिय राजनीतिक दलका कार्यकर्ताहरु संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेकाहरुलाई अध्यक्ष उपेन्द्र यादव, उपाध्यक्ष लालबाबु राउत गदि तथा जिल्ला अध्यक्ष प्रदिप यादवले माला र अविर लगाएर स्वागत गरेका छन् ।