राजविराज, २७ वैशाख । जागरण मिडिया सेन्टरद्वारा छिन्नमस्ता एफएमको सहकार्यमा शनिवारदेखि राजविराजमा सञ्चालित मानव अधिकारमुखि पत्रकारिता, पत्रकार अनुशिक्षण तालिम सोमवार सम्पन्न भएको छ ।
तालिममा विभिन्न सञ्चारमाध्यममा कार्यरत २० जना सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा एकल शिलवाल, शिवहरि ज्ञवाली, श्यामसुन्दर यादव, श्रवण देव र राजु विश्वकर्माले प्रशिक्षण दिएका छन् ।
तालिमका सहभागीहरुलाई प्रमुख प्रशिक्षक एकल सिलवाल, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष श्रवण देव र नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद श्यामसुन्दर यादवलगायतले प्रमाणपत्र वितरण गरे । मानव अधिकारमुखि पत्रकारितालाई अभियानको रुपमा अगाडि बढाउने उद्देश्यका साथ तालिम आयोजना गरिएको छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साहले जानकारी दिए ।