• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

२३ बुँदे निर्णय गर्दै विद्यार्थी मञ्चको बैठक राजविराजमा सम्पन्न

२३ बुँदे निर्णय गर्दै विद्यार्थी मञ्चको बैठक राजविराजमा सम्पन्न

राजविराज, २६ वैशाख । सद्भावना पार्टीको भगिनी सङ्गठन विद्यार्थी मञ्च केन्द्रीय समितिको राजविराजमा सम्पन्न बृहत बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

समिति आइतवार सद्भावना पार्टीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी बैठकको निर्णय सार्वजनिक गरेका हुन् । मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महासचिव सोनिया खातुनले निर्णयहरु सार्वजनिक गरेका छन् ।
वर्तमान परिस्थिति, शैक्षिक उन्नयन, आगामी साङ्गठनिक रणनीति सहितका राजनीतिक एवं साङ्गठनिक प्रस्तावे संशोधन सहित पारित गरेको उनले जानकारी दिईन् । जारी आन्दोलनलाई सशक्त बनाउन प्रत्येक साङ्गठनिक भौगोलिक कलस्टर ९ क्लस्टरमा अगामी जेष्ठ १५ गतेदेखि २५ गतेसम्म जारी आन्दोलनमा विद्यार्थीहरुको भूमिका लगायतका समसामयिक विषयवस्तुमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम गर्ने बैठकले निर्णय गरेको छ ।
मञ्चका महासचिव खातुनका अनुसार मञ्चको विधान अनुसार किशोर कुमार यादवको संयोजकत्वमा ७ सदस्यीय सचिवालय समेत गठन गरिएको छ । गठित सचिवालयका सदस्यहरुमा क्रमश पन्नालाल यादव, प्रेमा कुमारी चौधरी, सोनिया खातुन, चन्दन यादव, उपेन्द्र साह र सुजन यादव रहेका छन ।
आगामी कार्तिक १ र २ गते राजविराजमा विद्यार्थी मञ्चको पाँचौं महाधिवेशन भव्यताका साथ सम्पन्न गर्ने सर्वसम्मतबाट निर्णय गरिएको छ भने शहिद एवं आन्दोलनमा गम्भिर रुपले घाईते भएका परिवारका सदस्यहरुको लक्षित गर्न विद्यार्थी मञ्चद्वारा निःशुल्क रोजगारमुलक तालिमको आयोजना गर्ने निर्णय गरिएको छ ।
राज्यको शैक्षिक निकाय प्रतिष्ठान, स्कुल, क्याम्पसमा अध्ययन अध्यापनको माध्यम मातृभाषा राख्नुपर्ने, विद्यार्थीहरुको लागि शैक्षिक ऋण उपलब्ध गराउनुपर्ने, मदरसामा अध्ययन छात्रछात्राहरुको सरकारी स्कुल सरह मान्यता दिनुपर्ने, देश तथा मधेशमा रहेका सम्पुर्ण शैक्षिक संस्थामा रिसर्च सेन्टर राख्नुपर्ने, सरकारद्वारा लगाईएको पाठयक्रममा मधेशी वीर शहिद, सांस्कृतिक इतिहास आदी विषयको गाथा सहभागि गराउनुपर्ने, शैक्षिक वेरोजगारको लागि बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्ने सहित २३ बुँदे निर्णय गरेको महासचिव खातुनले पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।