• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मैथिल महिला परिषद्ले जानकी नवमी भव्यताका साथ मनाउने

मैथिल महिला परिषद्ले जानकी नवमी भव्यताका साथ मनाउने

राजविराज, २५ गते । मैथिल महिला परिषद् राजविराजद्वारा शनिवार राजविराजमा साहित्यिक गोष्ठिको आयोजना गरियो ।

मैथिली साहित्य परिषद्को मैथिली भवनमा आयोजित कार्यक्रममा परिषद्का पूर्व अध्यक्ष विष्णुकुमार मण्डल, प्राध्यापक मिथिलेश यादव, विद्या झा, निला झा, बन्दना मिश्रा, सत्येन्द्रनाथ चौधरी, पिंकी झा लगायतले कविता, गीत वाचन गरेका छन् । महिला परिषद्की अध्यक्ष सबिता दासको अध्यक्षता तथा परिषद्का पूर्व अध्यक्ष विष्णु मण्डलको प्रमुख आतिथ्यमा साहित्यिक गोष्ठिको आयोजना गरिएको थियो ।
कार्यक्रम पश्चात महिला परिषद्को बसेको बैठकले जेठ २ गते जानकी नवमी भव्यताका साथ मनाउने निर्णय गरेको छ । पब्लिक विन्देश्वरी उच्च माध्यमिक विद्यालयबाट विहान ११ बजे झाँकी निकाली नगरको विभिन्न भाग परिक्रमा गर्दै मैथिली भवनमा औपचारिक कार्यक्रम आयोजना गरिने अध्यक्ष दासले जानकारी दिईन् । उनका अनुसार जानकी नवमीका अवसरमा परिषद्की निवर्तमान अध्यक्ष शोभिता दासलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।