राजविराज, २५ बैशाख । सद्भावना पार्टीको भ्रातृ सङ्गठन विद्यार्थी मञ्चको केन्द्रीय समितिको राजविराजमा शुक्रवार बसेको बैठक शनिवार पनि जारी रहेको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवको अध्यक्षतामा सुरु भएको विस्तारित बैठकको उद्घाटन सद्भावना उपाध्यक्ष नवल किशोर साहले गरेका थिए । बैठकमा समसामयिक राजनीतिक परिस्थीति, नेतृत्व विकास र संगठन निर्माण सम्बन्धमा प्रशिक्षण समेत हुने उक्त कार्यक्रममा प्राध्यापक सुरेन्द्र प्रसाद गुप्ता, सन्तोष मेहता र दिपेन्द्र चौधरी लगायतले प्रशिक्षण दिईरहेका छन् ।
राजनीतिक प्रस्ताव तथा संगठन निर्माण मुख्य एजेण्डा रहेको उक्त बैठकमा मधेशका २२ जिल्लाको विद्यार्थीहरुको सहभागिता रहेको मञ्चका केन्द्रीय अध्यक्ष यादवले जानकारी दिए ।