• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

संघीय गठबन्धनद्वारा वीरगञ्जमा विरोध सभा

संघीय गठबन्धनद्वारा वीरगञ्जमा विरोध सभा

वीरगंज, २४ वैशाख । विभेदका विरुद्ध तथा अधिकार प्राप्तिकालागि जारी  मधेस आन्दोलनको क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहितको  संघीय गठबन्धनका निर्धारीत कार्यक्रम अनुसार शुक्रवार  वीरगञ्जको घण्टाघरमा बिरोध सभा  सम्पन्न भएको छ ।
राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत आजको सभालाई सम्बोधन गर्दै  नेपाल सदभावना पार्टीका महासचिव  शिव पटेलले  जारी मधेस आन्दोलन संबिधानको पुनः संशोधन तथा पुर्नलेखन मार्फत हामीले उठाएका माँग पुरा नहुन्जेल जारी रहने र अबको आन्दोलन राजधानी केन्द्रित हुने भएकोले सिंहदरवार घेराउको लागि तयार रहन आम जनमानसलाई आग्रह गरे । तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहाको अध्यक्षतामा आयोजित सो सभालाई सम्बोधनकै क्रममा  महासचिव पटेलले सडकमा आन्दोलनकारीको उपस्थिती कम देखिए पनि नेपालका सम्पुर्ण शोसित पिडितहरुको दिलो दिमागमा आन्दोलन रहेको चर्चा गर्दै मधेस आन्दोलन राष्ट्र व्यापी मात्र नभई अन्र्तराष्ट्रिय स्तरमा पुगिसकेकोले केपी ओलीले होइन सम्पुर्ण शाषक वर्गहरुले नै आन्दोलनको सम्बोधन गर्नुपर्ने अन्यथा देश ठुलो दुर्घटनामा फस्ने चेतावनी दिए ।
राधेश्याम सोेनीले सञ्चालन गरेको विरोध सभामा नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य करिमा वेगम, तराई मधेस लोकतान्त्रिक पार्टी पर्साका उपाध्यक्ष जटाशंकर गुप्ता, नेसपा पर्साका सचिव राजेश साह, रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल, नेपाल महिला मञ्चका केन्द्रीय उपाध्यक्ष मुनी श्रीवास्तव, तराई मधेस महिला संघका केन्द्रीय सदस्य रेखा कर्ण, महिला मंचका अनिता रौनियार लगायतका नेताहरुले सम्बोधन गर्दै जारी आन्दोलनको क्रममा आयोजित हुने बिभिन्न कार्यक्रममा सहभागिताकालागि आम जन समुदायसँग आग्रह गरे ।