वीरगञ्ज, २४ बैशाख । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले शुक्रवार एक समारोहका बीच बिद्यालय भवनको शिलान्यास गरेका छन् ।
वीरगञ्ज उपमहानगरपालिका वडा नं. १५ मु्र्लीमा रहेको सुरजी माध्यमिक बिद्यालयको भवन शिलान्यास गरेका हुन । शिलान्यास समारोह पश्चात बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले शिक्षा क्षेत्रको बिकासको लागि भौतिक पुर्वाधारको बिकास जरुरी रहेको बताएका छन् । पर्सेली शिक्षा क्षेत्रमा सुरजी देवी बिद्यालयको अहम भुमिका रहेको र यस विद्यालयमा बिशेष गरी गरिब तथा असाहयहरुको छोरा छोरी पढने हुँदा यस विद्यालयको बिकासमा जोड दिएको बताए ।
सांसद यादवले सो अवसरमा बिद्यालयमा चर्पी निर्माण एवं स्वच्छ खानेपानीको लागि धारा दिने घोषणा समेत गरेका थिए । सांसद यादवको संसदिय कोषको ९ लाखको लागतमा चार कोठे भवन निर्माण गर्न लागिएको १५ नम्बर वडा का वडा अध्यक्ष अली अंसारीले बताए । सो अवसरमा नेकपा एमालेका नेता प्रभु हजरा, क्षेत्रिय कमिटी सदस्य जलेयालम अंसारी, वडा कमिटी सदस्य गोपाल मेहता, विद्यार्थी नेता अरुण यादव, निवर्तमान व्यवस्थापन समिती अध्यक्ष अजय गुप्ता, प्रहरी निरीक्षक शेख अदालत, ईन्जिनियर किसोर,ओभरसियर बिनोद यादव, स्थानियबासिन्दा मुन्ना मेहता, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।