राजविराज, २३ वैशाख । सप्तरीको झुटकी गाविस वडा नम्वर–९ का एक युवाको विहीवार करेन्ट लागेर मृत्यू भएको छ ।
विजुलीको मुख्य तारमा अंकुशे लगाउने क्रममा २६ वर्षिय हेम नारायण मण्डलको करेन्ट लागेर मृत्यू भएको हो । करेन्ट लागरे घाइते भएका मण्डलको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल लगिने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।