वीरगञ्ज, २३ वैशाख । बिगत केही हप्तादेखि नेपाल बिद्युत प्राधिकरण वीरगञ्ज बितरण केन्द्रले गर्दै आएको अनियमित बिद्युत कटौती र लोडसेडिङ्ग अन्त्यको माग गर्दै वीरगञ्जका युवा नेताहरुले विहीवार प्रर्दशन गरेका छन् ।
सदभावना पार्टी पर्साका युवा नेता ओमप्रकास सर्राफको नेतृत्वमा वीरगञ्ज पावरहाउस चौकमा रहेको प्राधिकरणको मूल गेट अगाडि मैनबत्ति बालेर प्ले कार्ड सहित प्रर्दशन गरेका छन् । प्रदर्शनका क्रममा लोडसेडिङ्ग अन्त गर, अनियमित बिद्युत कटौती बन्द गर,बिद्युत आपुर्ति सहज गर ,बिद्युतमा भेदभाव बन्द गर जस्ता नारा लगाउँदै प्राधिकरणको मुल गेटमा २ घण्टा युवा नेताहरुले प्रर्दशन गरेका छन् ।
बिहान ११ बजे देखि १ बजे सम्म भएको धर्नामा सदभावना पार्टीका केन्द्रीय सदस्य निजामुदिन समानी, नेपाली काँग्रेसकी नेतृ शान्ति कार्की, नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य पण्डित, पुरुषोत्तम दुवे, उदयकान्त झा, सदभावना पार्टी पर्साका सचिव राजेश साह, जिल्ला सदस्य अनिरुद्ध कलवार, किशोरी साह, युवा मञ्चका अध्यक्ष शेख मुन्ना, द राइजिङ्ग नेपाल पर्साका उपाध्यक्ष पंकज पटेल, युवा व्यवसायी योगेश खनाल, कन्हैया गुप्ता, पब्लिक एन्टी क्रप्सन पर्साका कार्यवाहक अध्यक्ष भुपेन्द्र पौडेल, सचिव दिपक सर्राफ, विद्यार्थी नेताहरु धिरेन्द्र ठाकुर, अमित पटेल, आशु सर्राफ, सुजित ठाकुर, रामप्रकास सर्राफ, बिजय ठाकुर, साबित्री देवी, रन्जना झा, सहजाद हुसेनलगायत वीरगञ्ज नगरका आम नागरिकहरुको समेत सहभागिता रहेको थियो । धर्ना प्रर्दशन शुक्रवार पनि जारी रहने युवा नेता ओमप्रकास सर्राफले बताए ।