• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मजदुर दिवसको अवसरमा संघीय गठबन्धनद्वारा समर्थन सभा

मजदुर दिवसको अवसरमा संघीय गठबन्धनद्वारा समर्थन सभा

वीरगञ्ज, १९ बैशाख । १२७ औं विश्व मजदुर दिवसको अवसरमा श्रमजिवी मजदुरहरुको हकका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित २७ दलिय संघीय महागठबन्धन पर्साले आइतवार वीरगञ्जको घण्टाघरमा प्रदर्शन एवं सभा सम्पन्न गरेको छ ।
मोर्चामा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष प्रेमबाबु पटेलको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै नेपाल सदभावना पार्टीका केन्द्रीय सदस्य सञ्जय पाण्डेले मजदुर दिवसका दिन मजदुरको समस्याबारे बढी भाषणबाजी भए पनि उचितमा मजदुरको समस्यामा समाधानतर्फ राजनितिक दलहरुको ध्यान नगएको चर्चा गर्दै अब मुलुक संघीयतामा गईसके पश्चात मजदुरको माँग पनि सम्बोधन हुनु पर्ने गठबन्धनको अठोट रहेको बताए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य करिमा वेगम, रामसपा पर्साका सचिव धर्मेन्द्र पटेल, नेपाल महिला मञ्चका केन्द्रीय उपाध्यक्ष मुनी श्रीवास्तव, तराई मधेस महिला संघका पर्सा अध्यक्ष रेखा साह लगायतले सम्बोधन गरे भने कार्यक्रमको सञ्चालन सदभावना पार्टी पर्साका सचिव राजेश साहले गरे ।
कार्यक्रममा नेपाल सदभावना पार्टीका महासचिव शिव पटेल, केन्द्रीय सदस्य अनिरुद्ध सिंह, नागेन्द्र सिंह, पर्सा सचिव कृष्णा पटेल, सह–कोषाध्यक्ष भरत सर्राफ, महिला मञ्च पर्साका अध्यक्ष अनिता रौनियार,सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानी,तराई मधेस लोकतान्त्रिकका पर्सा उपाध्यक्ष जटाशंकर गुप्ता, तमलोपा पर्साका कोषाध्यक्ष उषा श्रीवास्तव ,तराई मधेस सदभावना पार्टी पर्साका अध्यक्ष प्रेमचन्द्र कुशवाहा,मजफो गणतान्त्रिक पर्सा अध्यक्ष मुस्तकिम अंसारी, लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।