• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

प्राध्यापक सङ्गठनको प्रादेशिक भेला सम्पन्न

प्राध्यापक सङ्गठनको प्रादेशिक भेला सम्पन्न

राम नारायण पंडित
सिरहा, १९ वैशाख । एमाओवादी निकट नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रादेशिक भेला सिरहामा शनिवार सम्पन्न भएको छ ।
पुर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि एवं २ नम्बर प्रदेशको संयोजक विश्वनाथ साहको प्रमुख आतिथ्यमा सिरहाको मिर्चैयामा नेपाल राष्ट्रिय प्राध्यापक संगठनको २ नम्वर प्रदेशको भेला सम्पन्न भएको हो । मिथिला भोजपुरा राज्यको पुर्व इन्चार्ज रामहित यादवको अध्यक्षतामा भएको भेलामा वर्तमान राजनितिक अवस्था, प्राध्यापकको समस्या र संगठन सुदृढिकरणको सम्बन्धमा छलफल भएको संगठनका कार्यालय सदस्य कृष्ण कुमार यादवले जानकारी दिए ।
कार्यक्रममा विशिष्ठ अतिथि नेपाल राष्ट्रिय प्राध्यापक संगठनको केन्द्रीय संयोजक अखिलेश लाल दास, महासचिव पुर्ण बहादुर लामिछाने र कार्यालय सदस्य मदन पोखरेल लगायत २ नम्बर प्रदेशका ७५ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।