• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

 बीरगञ्जमा गङ्गा महाआरती विशेष पूजा सम्पन्न

 बीरगञ्जमा गङ्गा महाआरती विशेष पूजा सम्पन्न

बीरगञ्ज, १५ बैशाख
विश्व हिन्दु परिषद् पर्साले हरिहरनाथ एवं मुक्तिनाथ साँस्कृतिक यात्रा टोलीलाई एक कार्यक्रमका बीच बिदाइ गरेको छ ।
भारत विहारको हरिहरनाथबाट बैशाख ५ गतेबाट शुरु भएको धार्मिक साँस्कृतिक यात्रा मुक्तिनाथमा गएर बैशाख १४ गते समापन भएको थियो । मुक्तिनाथबाट भारत जान लागेको विदाई टोलीलाई बैशाख १४ गते रात्रि बीरगञ्ज स्थित घडिअर्वा पोखरी परिसरमा गंगा महाआरती विशेष पूजा गरि सो टोलीलाई विदाई गरिएको छ ।
विश्व हिन्दु परिषद पर्साका अध्यक्ष ज्योतिष सम्राट पंडित पुरोषोत्तम दुबेको सभापतित्वमा सम्पन्न कार्यक्रम एव विशेष पूजामा हिन्दुवादी अगुवाहरु अशोक बैद्य, ओमप्रकाश सिकारिया, सुनिल खेतान, सुरेश रुंगटा, निरञ्जन अग्रवाल, शम्भु गुप्ता, नितेश सिंह, विनय यादव, रञ्जित साह, विकुल दाहाल, स्नेही पाल, भोपेन्द्र पौडेल, उदयकान्त झा, दिपक सर्राफ लगायत उल्लेख्य मात्रमा हिन्दू धर्मावलम्बीहरुको सहभागिता रहेको थियो ।