राजविराज, १२ वैशाख । सप्तरीको हरिहरपुर गाविसका अग्निपीडित परिवारहरुलाई आइतबार लायन्स क्लव काठमाण्डौको सहयोगमा राहत वितरण गरिएको छ ।
नेपाली कांग्रेसका सासंद सकलदेव सुतिहारको नेतृत्वमा पार्टीका जिल्ला सचिव रामकुमार यादव, नेपाली कांग्रेस बिषहरिया गाविसका बुथ सभापति श्याम कुमार यादव, तरुण विभाग सदस्य अर्जुन कुमार साह, नेपाल पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष मनोज माझी, रामकुमार साह, उमेश यादव, बिशेश्वर साह र नेपाल विद्यार्थी संघ युवा नेता पार्थो सरकारलगायत पार्टीका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । हरिहरपुरका १४ जना अग्निपीडित परिवारलाई जस्ता पाता १४ बण्डल, त्रिरपाल १४ थान, कम्बल १४ थान, कपडा, तार काटी सहितका सामग्रीहरु वितरण गरिएको छ ।