बिरेन्द्र बजार, ८ बैशाख । सङ्घीय समाजबादी फोरम नेपालद्धारा सप्तरीको ६ वटै क्षेत्रमा बुधबार जारी मधेश आन्दोनको समिक्षा तथा आगमी रणनिती बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
जारी अन्दोलनलाई निरन्तरता दिदै थप सशक्त र प्रभाबकारी बनाउने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । पार्टी प्रचार प्रसार तथा प्रकाशन बिभाग प्रमुख बृजमान तामाङद्धारा जारी प्रेस बिज्ञप्ती अनुसार क्षेत्र नम्बर ३ को माबि ईटहरीमा, क्षेत्र नम्बर ४ को मलेकपुर स्थीत माबि खुरहुरीयामा, क्षेत्र नम्बर ५ को शम्भुनाथ नगरपालिकाको कठौनामा, क्षेत्र नम्बर १ को सप्तकोशी नगरपालिका स्थीत प्रबि कमलपुरमा र क्षेत्र नम्बर २ को गाढा गाबिस भबनमा कार्यक्रम सम्पन्न भएको जनाएको छ ।
सङ्घीय समाजबादी फोरम नेपाल ३ नम्बर क्षेत्रिय अध्यक्ष सरोज यादबको अध्यक्षता तथा केन्द्रिय सदस्य एबम राजनितिक समिती सदस्य शैलेन्द्र प्रसाद साहको प्रमुख अतिथ्यमा ३ नम्बर क्षेत्रको कार्यक्रममा पार्टीका केन्द्रिय तथा जिल्लास्तरीय नेताहरुको उपस्थीती रहेको थियो । यसैगरी क्षेत्र नम्बर २ मा केन्द्रीय सदस्य एबम सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध सिह यादब, क्षेत्र नम्बर ४ मा केन्द्रिय सदस्य चित्त नारायण यादब, क्षेत्र नम्बर ५ मा केन्द्रिय सदस्य एबम सप्तरी जिल्ला सह ईन्चार्ज बिनोद चौधरी र क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य सुर्यनाथ यादबको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा केन्द्रिय सदस्य अशोक याबद, अर्का केन्द्रिय सदस्य अशोक यादब, जिल्ला अध्यक्ष दिनेश कुमार यादब सहितका नेताहरुको उपस्थीती रहेको बिज्ञप्तीका उल्लेख गरेको छ ।
जारी मधेश अन्दोलनलाई सशक्त र प्रभाबकारी बनाउन बैशाख ९ र १० गते समेत कार्यक्रमलाई निरन्तरता दिने प्रचार प्रसार तथा प्रकाशन बिभाग प्रमुख तामाङद्धारा प्रकाशित बिज्ञप्तीमा जनाईएको छ ।