वीरगञ्ज, ७ बैशाख । लोडसेडिङ्गको तालिका भन्दा पनि बढी विद्युत कटौती भएको भन्दै नेपाली काग्रेस क्षेत्र नम्बर–१ पर्साले सोमवार विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा ज्ञापन पत्र बुझाएको छ ।
क्षेत्र नम्बर १ का सभापति विजय सर्राफको नेतृत्वमा गएको टोलीले विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख चुटुन कुमार श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएको हो । अनाधिकृत रुपमा लाइन काट्ने प्राधिकरणको गैर जिम्मेवारीपुर्ण रवैया तत्काल अन्त्य नभए नगरवासी तथा जिल्लावासीलाई साथमा लिएर नेपाली कांग्रेस प्राधिकरण विरुद्ध कडा आन्दोलनमा उत्र्ने चेतावनी कांग्रेसले दिएको छ ।
नगर क्षेत्रमा बढ्दो लामखुट्टे आतङ्कसँगै गर्मीको समयमा लाईन काटिँदा भोग्नुपर्ने समस्या तत्काल समाधानकालागि आवश्यक पहल गरी एक हप्ताभित्रै जनताले अनुभूति गर्ने र देखिने गरी अनाधिकृत रुपमा भई रहेको विद्युत लाईन कटौती नियन्त्रण गर्न माग गरिएको छ ।
टोलीमा नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति अरविन्द गुप्ता, ने.वि.संघका केन्द्रीय सदस्य इम्तियाज आलम, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, पुर्व अध्यक्ष अशोक तिवारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य विजय कुशवाहा, महिला नेतृहरु रुपा श्रेष्ठ, राधा कार्की, भवानी घिमिरे, ने.वि.संघ पर्साका पुर्व उपाध्यक्ष सेराज अहमद, नेपाली कांगे्रसका शुभेच्छुक तथा भातृ सङ्गठनका प्रतिनिधीहरु, सञ्चारकर्मीलगायत नेपाली कांग्रेस पर्साका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।