• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

देउरी भरुवामा टेपो–मारुती ठोक्किदा एक महिलाको मृत्यू

राजविराज ,४ बैशाख । सप्तरीको देउरी भरुवा गाविस वडा नम्वर– १ मा शनिबार बिहान मारुती भ्यान र टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यू भएको छ ।
यात्रु बोकेर राजविराजबाट हनुमाननगरतर्फ जाँदै गरेको बा ३ च ७७७६ नम्बरको मारुती भ्यान र हनुमान नगरबाट राजविराजतर्फ आउदै गरेको स १ ह ८५ नम्बरको ट्याम्पु एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । टेम्पोमा सवार सप्तरीको को.बर्साइन गाविस–७ का ३५ बर्षिय मिना देबी उपचारको क्रममा मृत्यु भएको छ ।
यसैगरी कोइलाडी मधेपुरा गाविस वडा नम्वर–१ बस्ने २२ बर्षिय ज्योती कुमारी सिंह र भारत बिहारका कमलपुर–१ का बिनोद मण्डलकी १० बर्षिय छोरी चाँदनी कुमारी मण्डल घाइते भएकी छिन् । दुर्घटनाबाट गम्भिर घाइते सिहलाई उपचार गराउन बिराटनगर स्थित गोल्डेन अस्पताल लगिएको छ भने मण्डलको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भई रहेको छ ।