• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अग्निपीडितहरुलाई राहत वितरण

राजविराज, ३ वैशाख । धर्मीहल्फा महिला विकास क्लव लालापट्टीले शुक्रवार देउरी भरुवा–६ र ७ को ६ अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ ।
क्लवको अध्यक्ष एवम् समाजसेवी ई. सुर्यनारायण यादवले राहत स्वरुप प्रत्येक परिवारलाई त्रिपाल–१ थान, थाल–५ थान, गिलास–५ थान, डेक्ची–१ थान, करही–१ थान, पन्यू–१ थान र लुगाहरु वितरण गरेका हुन् । गाविस देउरी भरुवाका प्राविधिक सहायक एवम् गाविस कर्मचारी संघका पूर्व परिचालक विनोद मण्डल, शिक्षक जगदेव मण्डल, समाजसेवी टेकनारायण यादव, रामप्रसाद यादव, विनोद यादवले उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
वैशाख १ गते भएको आगलागीमा रामदत्त मण्डल, रवि मण्डल, भवी मण्डल, सोफी मण्डल, दुःखी मण्डल र रहमतुल्लाहको घर र सम्पत्ति जलेर नष्ट भएको छ ।