• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
हतियारसहित कम्प्युटर ईन्जिनियर पक्राउ

राजविराज, ३० चैत्र । सप्तरी प्रहरीले हतियारसहित एक कम्प्युटर ईन्जिनियरलाई मङ्गलवार पश्चिम नहर विष्णुपुर चौकबाट पक्राउ गरेको छ ।IMG_2132
भारतबाट राजविराज–सखडा सडक हुँदै अवैध हतियार भित्रिईरहेको भनी गोप्य सूचनाका आधारमा प्रहरीले ब्रहम्पुर गाविस वडा नम्वर–५ स्थायी घर भई हाल राजविराज–७ बस्दैआएका ईन्जिनियर विपिन कुमार झालाई पक्राउ गरेको हो । स ६ प १६९२ नम्वरको युनिकर्न मोटरसाइकल चढेर आउँदै गर्दा रोकेर चेकजाँच गर्दा २३ वर्षिय झाको साथबाट अटोमेटिक पेस्तोल एक थान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हातहतियार खरखजाना मुद्दामा उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।