• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

धर्मीहल्फाद्वारा हरिहरपुरका अग्निपिडितलाई राहत

धर्मीहल्फाद्वारा हरिहरपुरका अग्निपिडितलाई राहत

राजविराज, २९ चैत्र । सामाजिक क्षेत्रमा निरन्तर कार्यरत गैर सरकारी संस्था धर्मी हल्फा महिला विकास क्लवले हरिहरपुरका अग्निपिडितलाई सोमवार राहत सामग्री उपलब्ध गराएको छ ।
हेल्प नेपालको सहयोगमा प्राप्त राहत सामग्री क्लवका अध्यक्ष ई. सूर्यनारायण यादवले आफै उपस्थित भई उपलब्ध गराएका हुन् । क्लवले प्रति परिवार १ थान त्रिपाल, ५ थान थाल, १ थान कराई, १÷१ डाडु÷पन्यू, १ थान धोती, १ थान सारी र सर्ट, पैन्ट, भेष्ट लगायतका सामग्री उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी दिए । अग्नीपीडितहरु पूर्व विधायक असर्फी सदा, बुदुर सदा, बिन्देश्वर चौधरी, विष्णुदेव विश्वकर्मा, भुल्टी देवी चौधरी, बच्चालाल माइल, शशी चौधरी र भोला चौधरीलाई राहत उपलब्ध गराईएको छ ।
कार्यक्रममा पूर्व विधायक असर्फी सदा, गाविसका निवर्तमान अध्यक्ष बद्रीनारायण चौधरी, गाविस सचिव मिश्रीलाल यादव, स्वास्थ्य चौकीका प्रमुख राजकुमार यादव, थारु कल्याणकारीणी सभाका अध्यक्ष अरुण कुमार चौधरी, स्काई क्लव सितापुरका अध्यक्ष भवानी चौधरी लगायतको उपस्थिति थियो