वीरगञ्ज, २६ चैत्र । सनातन धर्म अनुसार शुक्रवारदेखि हिन्दू नयाँ बर्ष शुभारम्भ भएको छ ।
नेपाल ज्योतिष परिषदका केन्द्रीय सदस्य एवं विश्व हिन्दू परिषद पर्साका अध्यक्ष ज्यातिष सम्राट पंडित पुरुषोत्तम दुवेले पञ्चाङ्ग अनुसार हिन्दू नयाँ बर्ष शक संवत १९३८ अर्थात विक्रम संवत २०७३ को शुभारम्भ भएको बताए । उनले नेपाल लगायत विश्वभरिमा वसोवास गर्ने सम्पुर्ण मानिसहरुको सु–स्वास्थ्य एवं दीर्घायुको कामना सहित हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।
आउँदो नयाँ बर्षमा राजा शुक्र ,मन्त्री मंगलको प्रभावले नेपालका लागि आर्थिक उन्नती ,समाजिक सदभावना बढ्ने , भौगोलिक दृष्टिमा शुभ संकेतको साथै फलेस मंगलको प्रभावले राजनितीक अस्थिरता र प्राकृतिक आपदा हुने सक्ने सम्भावना रहेको दुवेले बताए । दुवेले वीरगंजको माईस्थान पार्कमा साँस्कृति पाठशालाका बिद्यार्थीहरुद्वारा स्वस्तीक वाचन गराएका थिए । माईस्थानमा आयोजित पाठशालामा दिपक सर्राफ,भुपेन्द्र पौडेल,उदयकान्त झा, राकेश चौवे,रामेश्वर प्रसाद गुप्ता, सुहाग मन्दिरका सञ्जय सर्राफलगायतका सहभागिता रहेको थियो ।