वीरगंज, २६ चैत्र । मारवाडी महिला मञ्च वीरगञ्जले शुक्रवार लक्ष्मणवामा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
मञ्चका अध्यक्ष सुमन वोगडियाको सभापतित्वमा शुरु गरिएको शिबिरमा महिला र पुरुष गरी २६० जनाले उपचार गराएका छन् । वीरगञ्ज उपमहानगरपालिका वडा नम्वर– १८ लक्ष्मणवा स्थित पटेल गेष्ट हाउसमा सम्पन्न आँखा शिबिरमा केडिया आँखा अस्पतालका चिकित्सकहरु माया राना, शिव शंकर प्रसाद, गजेन्द्र प्रसाद देव, आई वर्कर शिवनाथ यादव, लालबाबु मण्डल, श्यामबाबु रौनियार लगायतकाले चेकजाँच गरेका छन् ।
उक्त आँखा शिबिर मारवाडी महिला मञ्चका पुर्व अध्यक्ष पुजा पोद्दार र कबिता हलनको सक्रियता एवं लक्ष्मणवाका निवर्तमान वडा अध्यक्ष गजेन्द्र पटेलको सक्रियतामा भएको थियो । आँखा शिबिरमा मारवाडी महिला मंचका अगुवाहरु मीरा खेतान, सीता अग्रवाल, प्रिती वैद्य, सीमा टिवेडवाल, दिपा शर्मा, लक्ष्मणवाका स्थानिय छोटेलाल साह कानु, केडिया अस्पतालका सोमबहादुर श्रेष्ठले बिशेष सहयोग गरेका थिए ।
शिबिरमा ६९ जनालाई मोतीबिन्दु देखा परेको र सवैलाई केडिया आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गराउने मंचका पुर्व अध्यक्ष पोदारले बताईन । लक्ष्मणवामा आयोजित आँखा शिबिरमा नेपाल नेत्र ज्योति संघ पर्साको समेत सहयोग रहेको थियो ।