बिरेन्द्र बजार, २५ चैत्र । चैत्र मसान्तभित्र सम्बोधन नभए बैशाखमा हुने अन्दोलनलाई शसक्त बनाउने रणनिती तयार गर्ने सहितका विभिन्न महत्वपुर्ण निर्णय गर्दै संघिय समाजबादी फोरम नेपाल सप्तरीको बैठक सम्पन्न भएको छ ।
पार्टी कार्यालय राजबिराजमा चैत्र २३ र २४ गते सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न पार्टीद्वारा बिहिबार जारी प्रेस बिज्ञप्ती मार्फत सो जानकारी गराएको हो । पार्टी अध्यक्ष दिनेश कुमार यादवद्वारा हस्तारित बिज्ञप्तीमा मधेशी मोर्चाद्वारा सरकारलाई बुझाएको ११ बुँदे माँग चैत्र–मसान्तभित्र सम्बोधन नभए बैशाखदेखि हुने आन्दोलन शसक्त बनाउन प्रत्येक निर्बाचन क्षेत्रमा बैशाख ८, ९ र १० गते केन्द्रीय नेताहरुको उपस्थितिमा क्षेत्रिय स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, पार्टीका सबै संरचना परिचालन गरिने बताएको छ ।
यसैगरी बैठकले बिभिन्न बिभागिय प्रमुख तथा क्षेत्रिय ईन्चार्जहरु तोकेको जनाएको छ । पार्टी उपाध्यक्ष कन्तलाल चौधरीलाई सङ्गठन विभाग, सचिव उमेश प्रसाद यादवलाई सामान्य प्रशासन तथा अनुगमन, सह–सचिव उपेन्द्र साहलाई ट्रेड युनियन महासंघ संयन्त्र, कोषाध्यक्ष मनोज यादवलाई आर्थिक विभाग प्रमुखको जिम्मेवारी दिएको बिज्ञप्तीमा उल्लेख छ ।
सदस्यहरु बृजमान तामाङलाई प्रचार–प्रसार तथा प्रकाशन, केदार प्रसाद यादवलाई पार्टी स्कुल तथा राजनितिक, डोमन साहलाई कानून, उपमा देबलाई महिला बिभाग, दिल कुमारी चौधरीलाई सांस्कृतिक, रामस्वागत बिश्वकर्मालाई शिल्पी बिभाग, बालकिशोर यादबलाई बौद्धिक तथा पेशाकर्मी संयन्त्र, सुरेन्द यादवलाई स्वास्थ्य, अभिशेक यादवलाई युवा तथा बिधार्थी, दुर्गा प्रसाद साहलाई उद्योग ब्यवसाय महासंघ, योगेन्द्र प्रसाद यादवलाई किसान महासंघ, महेन्द्र यादवलाई सहकारी, नारायण यादवलाई शिक्षक संयन्त्र गन्सु चौधरीलाई अदिवासी जनजाती र सबिर अलिलाई मुस्लिम फोरम बिभाग प्रमुखको जिम्मेवारी दिएको बिज्ञप्ती मार्फत जनाएको छ ।
यसैगरी क्षेत्र नम्बर १ को ईन्चार्ज रामेश्वर यादव, सहईन्चार्जमा बिजय चौधरी, २ मा ईन्चार्ज कौशलेन्द्र यादव, सहईन्चार्ज परमानन्द मण्डल, क्षेत्र नम्बर ३ मा ईन्चार्ज सुनिता कुमारी साह, सह ईन्चार्जमा प्रभु नारायण यादव, क्षेत्र नम्बर ४ मा ईन्चार्ज शिबशंकर यादव, सह ईन्चार्जमा ईन्द्र नारायण मण्डल, क्षेत्र नम्बर ५ मा ईन्चार्ज बलराम यादव, सह ईन्चार्जमा उज्वल चौधरी, क्षेत्र नम्बर ६ को ईन्चार्जमा सुरेन्द्र यादव, सहईन्चार्जमा श्रीप्रसाद भगतलाई जिम्मा दिएको अध्यक्ष यादवद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ ।