• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जगरनाथपुरमा ९ दिने बिष्णु महायज्ञ प्रारम्भ

जगरनाथपुरमा ९ दिने बिष्णु महायज्ञ प्रारम्भ

वीरगंज, २५ चैत्र । पर्सा जिल्लाको धोवनी गाविस स्थित जगरनाथपुरमा विहीबारदेखि ९ दिने श्री बिष्णु महायज्ञ शुरु भएको छ ।
पुजा समितिका अध्यक्ष जगदिश सहनीको सभापतित्वमा सम्पन्न उद्घाटन सशस्त्र प्रहरी पर्साका प्रमुख प्रहरी उपरिक्षक भिमबहादुर थापाले गरेका हुन् । थापाले जगरनाथपुर लगायत सम्पुर्ण पर्साबासीसँगै नेपालको विकास र सुख शान्तिको कामना गरे । महायज्ञमा ६५१ कलश यात्रीहरुसँगै हजारौको सहभागितामा निकालिएको शोभायात्राले पर्सा क्षेत्र नं. ५ को धोवनी, भिस्वा, वन्जारी, जयमङ्गलापुरलगायत बिभिन्न गाविसहरु परिक्रमा गरी ओरिया नदीमा जल भर्ने कार्यक्रम सम्पन्न गरी पुनः जगरनाथपुरमा आएको थियो ।
पुजा समितिका सदस्यहरु सहदेव दास, हरेन्द्र राम, रमेश यादव, प्रसाद रामको बिशेष सक्रियतामा भईरहेको महायज्ञमा करिव १० लाख खर्च हुने मुल पुजारी गया यादवले बताए । महायज्ञ कैलेश्वर महादेव मन्दिर समितिको सक्रियतामा भईरहेको जनाइएको छ । f