• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
गाँजासहित एक जना पक्राउ

राजविराज, २४ चैत्र । सप्तरीको मल्हनिया गाविस वडा नंम्वर–९ स्थितमा दिघिया टोलबाट प्रहरी टोलीले गाँजा बरामद गरेको छ ।
प्रहरी टोलीले गस्ती गर्ने क्रममा ३ जना व्यक्तिले टाउकोमा बोरा बोकेर लग्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा तीन बोरा गाँजा बरामद गरेको हो । दुई जना व्यक्तिले गाँजा प्याकिङ्ग गरिएको बोरा फालेर भागेका थिए । प्रहरीले सप्तरीको मल्हनियाँ गा.वि.स. वडा नं. ९ का ४५ वर्षिय शुभक लाल यादवलाई भने पक्राउ गर्न सफल भएको छ । बरामद गरिएको ३ ओटा बोरामा प्याक गरिएको ४५ केजी ३४५ ग्राम नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी राजविराजबाट भारततर्फ चाँदी लगिरहेको अवस्थामा प्रहरी टोलीले सप्तरीको वरहीविरपुर स्थित नहरचौकबाट २ किलो ५ सय ग्राम चाँदी बरामद गरेको छ । नाम थर बतन नखुलेको व्यक्तिले प्रहरीलाई देख्नासाथ आफुले बोकेको चाँदी फालेर भागेका थिए । उक्त चाँदी यस जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भईरहेको तथा सम्वन्धित व्यक्तिको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।