• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विस्थापित परिवारले सट्टा भर्ना जग्गा उपभोग गर्न पाएन

विस्थापित परिवारले सट्टा भर्ना जग्गा उपभोग गर्न पाएन

मोरङ्ग, २२ चैत्र । सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट विस्थापित भएको तीस वर्ष वितिसक्दा पनि सरकारले सट्टा भर्ना गरी उपलब्ध गराएको जग्गा भोगचलन गर्न नपाएको पीडितहरुले गुनासो गरेका छन् ।
मोरङ्गको विराटनगरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनीहरुले यस्तो कुरा बताएका हुन् । बन्यजन्तु आरक्ष क्षेत्र विस्तार गर्न सरकारले मध्यवर्ती क्षेत्रका वासिन्दालाई २०४२ सालमा हटाएको थियो । त्यहाँबाट विस्थापित ३० परिवारलाई सरकारले मोरङको पथरी–८ को जग्गा सट्टा दिएपनि हालसम्म भोगचलन गर्न नपाएको पीडितहरुको गुनासो छ ।
सरकारले सट्टा भर्नाबाट उपलब्ध गराएको मोरङ पथरी–८ को जग्गामा भने अहिले घना बस्ती विकास भईसकेको छ । कोशी टप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्रबाट त्यहाँ स्थापीत हुनुपर्ने वास्तविक व्यक्तिहरुले भने अहिलेसम्म जग्गा भोगचलन गर्न नपाएको पीडित डिल्ली प्रसाइँले बताए । सरकारले त्यहाँबाट विस्थापित भएका ३० परिवारलाई ६० बिगाहा जग्गा उपलब्ध गराएको थियो । 2
पीडितको तर्फबाट मोहनबहादुर कार्कीले सर्वोच्चमा दायर गरेकोे मुद्दा २०७२ फागुन २७ गते फैसला भइसकेको छ । सर्वोच्चको फैसलामा कानुन बमोजिम कसैको हक स्थापित भएको देखिएको बाहेक सट्टा भर्ना वापत जग्गा उपलब्ध गराउनु भनी सरकारको नाममा आदेश समेत भइसकेको छ । तर, उक्त फैसला समेत कार्यन्वयन नभएपछि पुनः पीडितकातर्फबाट शिवप्रसाद भट्टराईले फैसला कार्यान्वयन गराई पाउँ भनी फैसला कार्यान्वयन निर्देशानालयमा दर्ता गरेको मुद्दा समेत फैसला भएको छ । फैसला कार्यान्वयन निर्देशानालयको आदेशलाई समेत स्थानीय प्रशासनले अटेर गरेको पीडित तेजप्रसाद अधिकारीले बताए ।12939465_1059738120786465_324119782_n