• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको एसएलसीमा ६ निरीक्षक निष्काशित

राजविराज, २२ चैत्र । एसएलसी परीक्षाको चोथौ दिन सोमबार सप्तरीको विभिन्न परीक्षा केन्द्रबाट ६ जना निरीक्षक निष्काशनमा परेका छन् ।
परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै बभनगामाकटी उच्च माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट निरीक्षकहरु सुरेन्द्र प्रसाद यादव, अविनाश यादव, प्रविण कुमार दास र विजय कुमार यादव निष्काशनमा परेका छन् । यसैगरी उच्च मावि डिमन परीक्षा केन्द्रबाट बिनोद कुमार मण्डल र सरोज कुमार यादवलाई निष्काशन गरिएको छ । एसएलसी परीक्षामा नियमिततर्फ ९ हजार १ सय २४ तथा एक्जामटेड तर्फ ६ हजार ७ सय ३० जना गरि कुल १५ हजार ८ सय ५४ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका छन् ।