अर्जुुन प्रसाद गुप्ता
खाटो परेको घाउलाइ कोट्याउँ किन
जीन्दगीको बाटो लामो, छोट्याउँ किन
उकालो उरालो बाटो हिडेको थाहा छ
भञ्ज्याङ्ग र चौतारीहरु सम्झनामा अझै छ
यी, सबै बिर्सन चाहन्थे सम्झायौ किन
खाटो परेको घाउलाइ कोट्याउँ किन
झरेको फूललाई मैले टिप्नै चाहिन
भूलेको मायालाई सम्झिन चाहिन
मध्यरातको निन्द्राबाट ब्यूँझायौ किन
खाटो परेको घाउलाइ कोट्याउँ किन
जाउ जाउ बिन्ती गर्छु, फर्की जाउ
दुख्न छोडेको छ अचेल, बल्झेको घाउ
हाँसेको मुटुलाई रुवायौ किन
खाटो परेको घाउलाइ कोट्याउँ किन
खाटो परेको घाउलाइ कोट्याउँ किन
जीन्दगीको बाटो लामो, छोट्याउँ किन