राजविराज, १४ चैत्र । सप्तरीको लौनिया गाविसका अग्नि पिडित परिवारलाई आइतवार राहत सामग्री वितरण गरियो ।
नेपाली कांग्रेस सप्तरीका जिल्ला सचिव रामकुमार यादवको नेतृत्वमा अग्निपिडितहरुलाई राहत वितरण गरिएको हो । मो.कलिम, ईस्लाम मंसुरी, दरवुद्ध मंसुरी, आकुफ मंसुरी र सम्सुद्धिन मंसुरीका परिवारलाई तिरपाल ४ थान, कम्बल ५ थान, साडी ५ थान, २ मिटरको कपडा ४ थान, प्लास्टिक बाल्टीन ४ थान, बटुका ठुलो ५ थान, बटुका सानो ५ थान, गिलास ५ थान, पन्यु ५ थान, प्लेट ५ थान वितरण गरिएको छ ।
पार्टीका नगर सभापति शम्भु देव, तरुण विभागका केन्द्रीय सदस्य अर्जुन साह, नेपाल विद्यार्थी संघका केन्द्रीय महाधिवेशन प्रतिनिधि पार्थो सरकार, लौनिया गविसका सचिव राजेन्द्र प्रसाद कर्ण, नेका महाधिवेशन प्रतिनिधि शिवचरण मण्डल, सप्तरी कुस्ती संघका सभापति श्यामकुमार मण्डल, प्रधानाध्यापक प्रदिप कुमार मण्डल, गफुर मंसूरी, ईद्रिश मंसुरी, रामेश्वर मण्डल समेतको उपस्थितमा राहत वितरण गरियो ।