राजविराज, १४ चैत्र । वैदेशिक रोजगारमा बढ्दो ठगी नियन्त्रण गर्न सप्तरीमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रले रयालीको प्रदर्शन गरेको छ ।
ठगी गर्ने म्यानपावरलाई गरेको पुलिस कार्वाही तिव्र गर, फ्रि भिसा फ्रि टिकटबाट सरकार पछि नहट्न भन्दै नारासँगै मैनपावरले गरेको हडताल विरुद्धमा र्याली राजविराजमा निकालिएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका अध्यक्ष जयविन्द सिंहको अगुवाइमा नगरको बिभिन्न ठाउँमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यलयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । कामदारको हकमा प्रहरीद्धारा सराहनिय कार्य गरेकोले जिल्ला प्रहरी कार्यालयलाई धन्यवाद पत्र बुझाएको जानकारी सबल नेपालका परियोजना संयोजक अशोक कुमार साहले जानकारी दिएका छन ।